तस्विर सौजन्य : शिवु खनाल
नेपालगन्ज २७ असार : सामुदायिक वनमा च्याउ टिप्न गएकी एकम महिलालाई भालुले आक्रमण गर्दा गम्भीर घाइते भएकीछिन् ।
दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणमा परि ४६ वर्षीया सहरी घर्ती गम्भीर घाईते भएकी हुन् ।
बिहीबार बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो ।
उनको अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ । घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि बुटवल पठाएको लगिएको प्रहरीले जनाएको छ।
घर्ती पाँच जनाको समूहमा च्याउ टिप्न जङ्गल गएकी थिइन् । उनका दुई जना साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि उनीहरु भाग्न सफल भएका थिए ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र