नेपालगन्ज १७ साउन : घाँस काटिरहेका बेला बाघले आक्रमण गर्दा कञ्चनपुरमा एक महिलाको मृत्यु भएकोछ ।
बिहीबार बिहान दोधाराचाँदनी नगरपालिका–२ कमला शाह टोलमा बाघको आक्रमणबाट सोही ठाउँकी २३ वर्षीया हीरा शाहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घरनजिकै उखुबारीमा घाँस काट्ने बेला शाहलाई बाघले झम्टिएको थियो ।
शाह विवाहित महिला हुन् । घटनास्थलनजिकै बुधबार पनि बाघ देखा परेको स्थानीयले बताएका छन् ।
अहिले घटनास्थलमा प्रहरी पुगेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?
अपहरणकारीलाई प्रहरीले गोली हानेर समात्यो, ३८ घण्टापछि बालिकाको सकुशल उद्धार
खुलामञ्चमा काँग्रेस-कुम्भ
नेपालगन्जबाट काठमाडौं जाँदै गरेको बस नवलपरासीमा पल्टियाे, ६ जनाको मृत्यु
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन