File Photo
नेपालगन्ज २२ साउन : नेपालगन्ज नाकाबाट गत आर्थिक वर्षमा मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका ५२६ जना युवती, महिला र बालबालिकाको उद्धार गरिएको छ ।
लामो समयदेखि मानव बेचबिखनको क्षेत्रमा क्रियाशील माइती नेपाल नेपालगन्जका प्रमुख केशव कोइरालाका अनुसार मानव बेचबिखनका दृष्टिले अत्यन्तै संवेदनशील मानिने नेपालगन्ज नाकाबाट गत आर्थिक वर्ष २०८०–०८१ को असार मसान्तसम्म ५२६ जनाको उद्धार गरेर आवधिक गृहमा प्रवेश गराई पारिवारिक पुनर्मिलन गराइएको हो ।
प्रमुख कोइरालाले मानव बेचबिखनको जोखिमपूर्ण यात्रामा रहेका पश्चिम नेपालका विभिन्न जिल्लाका ५२६ जनालाई सीमा क्षेत्रबाट उद्धार गरी उनीहरूलाई सचेत पारेर घर फिर्ता पठाइएको बताए । सो अवधिमा श्रम तथा यौन शोषणमा परेका ९ जनालाई उद्धार गरी उनीहरूलाई पनि परिवारमा पुनर्मिलन गराइएको माइती नेपाल बाँकेले जनाएको छ ।
यसैगरि गत आर्थिक वर्षमा नाकामा पुगेका ५११ जनालाई वैदेशिक रोजगारको जोखिम तथा त्यहाँ पर्न सक्ने जोखिमबारे परामर्श दिएर फिर्ता गराइएको माइती नेपालले जनाएको छ ।
हराएको भनी ५८७ जनाको खोजतलासको निवेदन माइती नेपालमा परेकोमा २९५ जना फेला परेका थिए भने १५ जना घरेलु हिंसाको सिकार भएको पाइएको थियो । विभिन्न खालका हिंसामा परेका ५ जनालाई सीपमूलक तालिम दिएको माइती नेपाल बाँकेले जनाएको छ ।
सो अवधिमा २ वटा मानव बेचबिखनविरुद्ध मुद्दा दर्ता भएको र २ जना माथि जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको माइती नेपालको बाँके शाखाले जनाएको छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र