File Photo
नेपालगन्ज ३ भदौ : जाजरकोटको नलगाड नगरपालिका–२, माझगाउँमा सोमबार बिहान पहिरोमा परी एकाघरका तीनजनाको मृत्यु भएको छ । नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, ३४ वर्षीया मनीषा परियार र उनीहरूका दुई वर्षीय छोरा शिभम परियारको मृत्यु भएको हो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार, उनीहरू भूकम्पपीडितका निम्ति निर्मित अस्थायी टहरामा बसेका थिए ।
इलाका प्रहरी कार्यालय दल्लीका प्रहरी निरीक्षक माधवप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको नगर प्रमुख रावतले बताए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्लीनजिकै छ । -रासस
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व