नेपालगन्ज ७ भदौ : तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिए ।
शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । बस नदी किनारमा अड्किएको छ ।
बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ । तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित ४३ जना थिए ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमाण्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ ।
घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।
प्रहरीका अनुसार, उनीहरू भारतको गोरखपुरबाट नेपाल आएका थिए । गत भदौ ५ गते (दुई दिनअघि) उनीहरू गोरखपुरबाट पोखरा आएका थिए । उनीहरू पोखरास्थित मझेरी रिसोर्टमा बसेका थिए ।
बुधबार र बिहीबार उक्त रिसोर्टमा बसेर उनीहरू शुक्रबार बिहान काठमाडौँका लागि हिँडेका थिए । यात्राकै क्रममा उनीहरू आबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू