नेपालगन्ज १० भदौ : अछाममा जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवर र नेपाली काँग्रेस जिल्ला प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ ।
आईतबार राति जिल्ला समन्वय समितिको कार्यालयस्थित सरकारी निवासमा सँगै मदिरा सेवन गरेका कुँवर र शाहबीच कुटाकुट हुँदा दुईजनै घाइते भएका छन् ।
कुटपिटका क्रममा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी कार्यालय अछामले जानाएकोछ ।
पार्टीमा अन्य व्यक्ति पनि थिए । तर, कुँवर र शाहबीच कुटाकुट भएको थियो । उनीहरू दुवै काँग्रेस नेता हुन् ।
राति साढे १० बजे रक्सी खाएकै ठाउँमा कुँवर र शाहबीच कुटाकुट भएको खबर प्रहरीले पाएको थियो । प्रहरीले दुवैजनालाई नियन्त्रणमा लिएर जिल्ला अस्पताल पुराएको थियो ।
स्वास्थ्य परीक्षणमा दुवैजनाले मदिरा सेवा गरेको पाइएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक (डीएसपी) ईश्वरीप्रसाद भण्डारीले बताए ।
प्रहरीले दुवैजनामाथि थप अनुसन्धान गरिरहेको छ । उनका अनुसार मदिरा सेवनपश्चात् व्यक्तिगत विवाद बढ्दै जाँदा सरकारी निवासमै झगडा भएको थियो । बोलाएको बेला उपस्थित हुने शर्तमा दुवैलाई प्रहरीले छोडेको छ ।
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु