नेपालगन्ज १४ भदौ : महाकाली नदीमा हाम फालेर दार्चुलाकी एक किशोरी बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीकी १७ वर्षीया ममता टमटाले महाकाली नदीमा हामफालेर बेपत्ता भएकी हुन् ।
उनले बिहीबार दिउँसो ४ बजेतिर महाकाली नदीमा हाम फालेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।
उनी आफ्नी आमासँगै गाउँबाट सदरमुकाम आएकी थिइन् । नदीमा एक्कासि किन हामफालिन् भन्ने बारे खुल्न नसकेको प्रहरीले जनाएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?