नेपालगन्ज १५ भदौ : जुम्लामा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा जुम्लाको कनकासुन्दरी– २ मालिकाबोता चुनीलेख बस्ने वर्ष ८४ का गोरे रावत हुन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी उमेश चन्दका अनुसार शनिबार बिहान ५ बजे ट्वाइलेट जाने क्रममा ट्वाइलेट नजिकै रहेको राष्ट्रिय प्रसारण लाइनको बिद्युत् पोललाई छुने क्रममा करेन्ट लागी घटनास्थलमै उनको मृत्यु भएको हो ।
सोही वडाका वडा अध्यक्ष खाम्मा रावतले प्रहरीलाई ८ बजे पत्राचार गरेका थिए ।
गत वैशाखमा राष्ट्रिय प्रसारण लाइन छोएर जुम्लाको सिंजा गाउँपालिका–३ छ्यानीगाडा निवासी १२ वर्षीया नबिना गिरीको करेन्ट लागेर मृत्यु भएको थियो ।
करेन्ट लागि सोही गाउँ निवासी ७५ वर्षीय हरिकृष्ण गिरी घाइते भएका थिए ।
भित्र आफू हुलिएर २५ वर्षे चालकले किन लगाए बसमा आगो?
दाङका गिरी दाजु-भाई दुईतिर, चार सभापति बाहिरै
नेपालगन्जमा १०७ ग्राम खैरौ हिरोइनसहित श्रीमान्-श्रीमती पक्राउ
काँग्रेस महाधिवेशन: ६ हजार १ सय ३२ वडा अधिवेशन सकिए
परराष्ट्रमन्त्री र प्रधानमन्त्रीलाई रास्वपाकाे यस्ताे निर्देशन
‘पुलिस, वकिल र कर्मचारी मिलेर मुद्दा कमजाेर बनाइदिए’