नेपालगन्ज ३१ भदौ : आफ्नै घरको आँगनमा खेलीरहेकी तीन वर्षीया बालिका बेपत्ता भएकीछन् ।
बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–६ सिमलघारीका वीरेन्द्र पुनकी ३ वर्षीया छोरी लक्ष्मी पुन आईतबार बेलुकी घरबाटै बेपत्ता भएकी हुन् ।
घरको आँगनमा खेलिरहेकी बालिका अचानक बेपत्ता भएपछि जंगली जनावरले लगेको हुनसक्ने स्थानीयहरूले आशंका गरेका छन् ।
बालिका खोजी गर्दा नभेटिएपछि परिवारले गएराति १० बजे प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख तुलबहादुर कार्कीले बालिकाको खोजी भइरहेको जानकारी दिए ।
‘जंगल नजिकैको वस्ती हो । बाघले लग्यो कि भन्ने शंका छ । हामी खोजिरहेका छौं,’ एसपी कार्कीले भने । यो समाचार तयार पार्दा सम्म हराइरहेकी तीन वर्षीया बालिका भेटिएकी छैनिन् । उनको खोजी कार्य जारी छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ