कोहलपुर ७ असोज : रक्सी खाएका छोराले आफ्नै पीताको पिर्काले हानेर हत्या गरेकाछन् । बाँकेको कोहलपुर नगरपालिका–८ पिपरीमा छोराले पिर्काले हानेर पिताको हत्या गरेका हुन् ।
बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हान्दा गम्भीर घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुर कोहलपुरका अनुसार कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षीय नैनसिंह क्षेत्रीलाई उनकै छोरा दीपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेको हुन् ।
गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ । आफूले हानेर पिताको हत्या गरेको छोरा दीपबहादुरले स्वीकारेका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि दुवैबीच झगडा भएको देखिन्छ । सोही समयमा छोराले बुवालाई पिर्काले हानेर दाहिने हातको नाडी, बायाँ आँखामा र बायाँ खुट्टाको घुँडा मुनी चोट लागेको अवस्थामा नेपालगन्ज मेडिकल कलेजमा उपचार गराउन लगिएको थियो ।
प्रहरीका अनुसार पिर्का प्रहार गर्ने छोरा दीपबहादुर क्षेत्रीलाई पक्राउ गरि आवश्यक अनुसन्धान अघि बढाइएकोछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्