नेपालगन्ज ८ असोज : मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् ।
उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आईतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।
यसअघि २६ भदौमा रकम लेनदेनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो ।
उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणी आचार्यलाई पठाइएको थियो ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्