नेपालगन्ज ८ असोज : जिल्ला प्रहरी कार्यालय बाँकेले हुण्डि कारोबारमा संलग्न दुई जनालाई नगदसहित पक्राउ गरेकोछ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ गणेशपुर स्थित मोहम्मद कादिर सिद्दिकी र सोही ठाउँका हबिब सिद्दिकीलाई १६ लाख १० हजार २५५ नेपाली रुपैयाँ र ५९ हजार ५ सय भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
कादिर सिद्दिकीलाई नियन्त्रणमा लिइ तलासी गर्नेक्रममा उनले बोकेको कालो झोलबाट नेपाली नौ लाख र हबिबको घरमा तलासी गर्दा उनको घरबाट सात लाख दश हजार दुइ सय पचपन्न र भारतीय रुपैयाँ ५९ हजार पाँच सय तथा विभिन्न बैंकमा विभिन्न ब्यक्तिको नाममा जम्मा गरेको बैंक भौचर, बैंकको टोकनहरु समेत प्रहरीले बरामद गरेकोछ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाईएको बाँके प्रहरीले जनाएकोछ ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्