File Photo
नेपालगन्ज १२ असोज : बाढी पहिरोका कारण ललितर जिल्लाका विभिन्न ठाउँमा मात्रै ९ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालका अनुसार ९ जनाको शव फेला पर्नुका साथै ११ जना बेपत्ता भएका छन् । ‘बाढी पहिरोका कारण जिल्लाका विभिन्न ठाउँहरुमा ९ वटा शव भेटिएको छ, ११ जना बेपत्ता भएका छन्’ एसएसपी खनालले भने ।
उनका अनुसार अहिलेसम्म २८१ जनाको सकुशल उद्धार गरिएको छ । सानेपा क्षेत्रबाट ७७, नख्खु हार्मोनी कोलोनीबाट १४, नख्खिपोट क्षेत्रबाट १५, बुङ्मती क्षेत्रबाट ७५, चापागाउँ क्षेत्रबाट ५५, इमाडोल क्षेत्रबाट २८ र युएन पार्क क्षेत्रबाट १ जना गरी २८१ जनाको उद्धार गरिएको उनले बताए ।
उद्धारमा प्रहरीका मात्रै ११ सय जनशक्ति परिचालन गरिएको उनले बताए ।
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व