नेपालगन्ज १२ असोज : अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा राखेको युथ–१४ क्याम्पका ६ जना खेलाडी सम्पर्कविहीन भएका छन् ।
शनिबार बिहान कुलेखानी जलाशय खोलेपछि खोलामा बाढी आएको थियो । खोलासँगै जोडिएको विद्यालयमा बालकहरुलाई सुरक्षित स्थानमा लैजाने क्रममा ६ जना बेपत्ता भएका हुन् ।
स्थानीय वत्सला माध्यमिक विद्यालयमा एन्फाले होस्टलसहित आवासीय व्यवस्था गरी दैनिक प्रशिक्षणमा ३७ जना खेलाडी राखिएका थिए । उनीहरुलाई सुरक्षित स्थानमा लैजान खोज्दा माथिबाट लेदोसहितको पहिरो जाँदा ६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुने विद्यार्थीहरुमा मकवानपुरका अनुप घलान, सर्लाहीका आदित्य वलम्पाकी, काठमाडौंका रियान्स आचार्य, मकवानपुरका सुमन योन्जन, निजगढका विकल रेग्मी, मकवानपुरका दिवस बानियाँ छन् ।
अहिले त्यहाँ प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।
कर्णाली मन्त्रिपरिषद् विरुद्ध अदालतमा रिट, समावेशी नभएकाे आराेप
बाँकेका एकजना निर्माण व्यवसायी ‘हनि ट्र्याप’, प्रेममा फँसाएर लाखौं असुल्ने महिला पक्राउ
कस्तो ‘सुरक्षा थ्रेट छ’ चोलेन्द्रलाई?
हिमलुङ हिमालमा ४ शव भेटिए, १२ जना अझै वेपत्ता
टुट्यो देशभरिको सडक सञ्जाल, लुम्बिनी र कर्णालीमा कति सडक अवरुद्ध छन्रु
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए