नेपालगन्ज १५ असोज : गएको बिहीबार रातिदेखि शनिबारसम्मको अविरल वर्षापछिको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मंगलबार दिउँसोसम्म २२४ जनाको मृत्यु, २४ बेपत्ता, १५८ घाइते भएका जानकारी दिए ।
२१ जिल्ला प्रभावित भएको र चार हजार ३३१ जनाको उद्धार गरी सुरक्षित क्षेत्रमा पठाइएको प्रधानमन्त्रीको वक्तव्यमा उल्लेख छ ।
खानेपानीका संरचनामा तीन अर्ब ५५ करोड, सडक संरचनामा दुई अर्ब ५२ करोड, उर्जाका पूर्वाधारमा चार अर्ब, सिँचाइका पूर्वाधारमा एक अर्बको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जनाइएको छ ।
३७ राजमार्गको अवरोध भएकोमा ९ वटाको अवरोध हटाइ सञ्चालनमा ल्याइएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?