नेपालगन्ज १५ असोज : नेपालमा गैरकानूनी रूपमा बस्दै आएका १५ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भिसा अवधि समाप्त पश्चात गैरकानूनी तवरले बसिरहेका बंगलादेशीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु शंकास्पद गतिविधिहरुमा समेत संलग्न रहेको सूचनाको आधारमा कार्यालयको विशेष टोलीले राजधानीको ठमेल तथा सोह्रखुट्टे एरियाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग पठाइएको छ ।

काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु