नेपालगन्ज २० असोज : भालुबाङ–प्युठान सडक खण्डको पाँच ठाउँमा पहिरो झरेका कारण सडक अवरुद्ध भएको छ । पानी परेकाले सडकमा पहिरो झरिरहेको हो ।
वर्षाको कारण गनाह चकचके सडक खण्डस्थित अधेरी खोला, पाकुरी, सिमलचौर र खहरे खोलामा पहिरो र लेदो झरेको छ । यहाँ अहिले सडक अवरुद्ध भएको छ ।
यस्तै, चकचके खलंगा सडकखण्ड स्थित बडरामा लेदोको बाटो अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जनाएको छ ।
उक्त बाटोहरु सुचारु गर्न डिभिजन सडक कार्यालयले उपकरणहरु परिचालन गरेको र बाटो सुचारु गर्न प्रयास भइरहेको सिनियर डिभिजन ईञ्जिनियर विसुन दास लामाले जानकारी दिए ।
प्रदेश प्रहरी कार्यालयका अनुसार लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुको सदरमुकाम जोड्ने सडकहरु सुचारु अवस्थामा छन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ