नेपालगन्ज २३ असोज : बाँकेको कोहलपुरमा बसको ठक्करबाट मोटरसाइकल दुईजना गम्भीर घाइते भएकाछन् ।
कोहलपुर नगरपालिका–१० स्थित हाइस्कुल अगाडी काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७०९ नम्बरको बसले भे १३ प ६१४० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
दुर्घटनामा परेर मोटरसाइकल चालक बाँके खजुरा गाउँपालिका वडा –२ घर भएका अन्दाजी २२ वर्षीय तेजविक्रम मल्ल र सोही मोटरसाकईलमा सवार खजुरा गाउँपालिका वडा नम्बर–२ घर भएकी अन्दाजी २१ वर्षीया मनिषा रोकाय गम्भीर घाइते भएका हुन् ।
बस चालक बर्दियाको गेरुवा गाउँपालिका–३५ घर भएका गङ्गाराम थारुलाई इलाका प्रहरी कार्यालय कोहलपुरमा पक्राउ गरि राखिएकोछ । घाईते दुबैजनाको अवस्था गम्भीर रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेज, कोहलपुरमा उपचार भइरहेकोछ ।
बुधबार विहान अन्दाजी साढे ९ बजे भएको उक्त दुर्घटनाका प्रहरीले अनुसन्धान अघि बढाएकोछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ