नेपालगन्ज २९ असोज : बडादशैँको राति एक पुरुषको टाउको छिनाएर सेफ्टीट्याङकिमा लुकाएको आरोप लागेका अनिल परियारलाई प्रहरीले पक्राउ गरेको छ ।
कोहलपुरका चन्द्रबहादुर कामीको टाउको छिनाएर फरार आरोपित परियारलाई बाँकेको राप्तीसोनारीबाट प्रहरीले पक्राउ गरेको हो । रोल्पा जिल्ला माडी गाउपालिका वडा नम्बर–६ बस्ने २४ वर्षीय अनिल परियारलाई चन्द्रबहादुरको हत्या अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार परियारलाई राप्तीसोनारी गाउँपालिका–१ तिनघारी टोल स्थित भौवानाका जाने बाटोको दाँयातर्फ रहेको तिर्थमाली परियारको घर किनारमा रहेको शौचालयबाट आज बिहान ८ बजे पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेबाट प्रहरी निरीक्षक राजकुमार भट्टको कमाण्डमा खटि गएको प्रहरी टोली र ईप्रका कुसुम, बाँकेबाट प्रहरी नायब निरीक्षक मोहनलाल ओलीको कमाण्डमा खटि गएको प्रहरी टोलीले परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मृतक कामीको टाउको घटनास्थलबाट करिब ५ सय मिटर पूर्वउत्तरमा अनिलको दिदी नाता पर्ने सुनिता परियारको घरको सेफ्टीट्याङकीमा गएरातीमात्रै फेला परेको थियो ।
अनिल पाहुना पर्न सुनिताकोमा आएको बताइएको छ । हत्याको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा हत्या गरिएको अवस्थामा शनिबार राति कामिको टाउको नभएको अवस्थामा शव फेला परेको थियो ।
हत्या आरोपी अनिललाई हिरासतमा लिएर घटनाको बारेमा थप अनुसन्धान अघि बढाएको बाँके प्रहरीले जनाएकोछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ