नेपालगन्ज १ कार्तिक : बाँकेको कोहलपुरमा एक किशोरीलाई दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेकाछन् ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाकी ती अन्दाजी १३ वर्षीया किशोरीलाई बैजनाथ गाउँपालिकाका तीन किशोर र दुई जना युवाले दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।
पक्राउ परेका ती पाँच जनाले कोहलपुर नगरपालिका वडा नम्बर–११ सुर्खेत रोडस्थित एक होटलमा असोज २७ र २८ गते दुई दिनसम्म सामुहिक बलात्कार गरेका हुन् ।
दुई दिनसम्म होटलमा राखेर सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले बाँके बैजनाथ गाउँपालिका वडा नम्बर–१ करेलीका निशान रोकाया, सोही ठेगाना भएका डम्मरबहादुर रोकाया, गाभरका निर्मल थापा, विजय कार्की र जीवन रोकायालाई पक्राउ गरेको हो ।
किशोरीले बुधबार आफूमाथि करणी भएको भन्दै जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय, कोहलपुरका डिएपसी धर्मराज भण्डारीले जानकारी दिए ।
बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक आयूशप्रसाद जोशीका अनुसार किशोरीलाई बलात्कार गरेको अरोपमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जानकारी दिए ।
सामुहिक बलात्कारमा परेकी किशोरीको अन्दाजी उमेर १३ वर्ष रहेको छ । प्रहरीका अनुसार जबरजस्ती करणीको आरोपमा पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर घटनाका विषयमा अनुसन्धान अघि बढाइएकोछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ