File Photo
नेपालगन्ज ७ कार्तिक : रोल्पामा गाडी दुर्घटना हुँदा नवजात शिशुको मृत्यु भएको छ।
रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा सुत्केरी बोकेर घर फर्किँदै गरेको जिप दुर्घटनामा परी घाइते भएका २ दिने शिशुको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक यादवकुमार शाहीका अनुसार लुंग्री गाउँपालिका–१ छिउधरका अमृत रोका, उनकी सुत्केरी श्रीमती र दुई दिनको छोरा चढेको लु ३ च १६५६ नम्बरको बोलेरो गाडी मंगलबार बिहान दुर्घटना भएको थियो ।
श्रीमतीलाई दाङको अस्पताल लगेर सुत्केरी गराएपछि उनीहरू घर फर्कँदै थिए । त्यसक्रममा दुर्घटनामा परेपछि नवजात शिशु घाइते भएका थिए ।
घाइते शिशुको उपचारको क्रममा बुधबार प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा बिहान पौने ७ बजेतिर मृत्यु भएको हो ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ