नेपालगन्ज ८ कार्तिक : १८ वर्षीया किशोरी बलात्कार अभियोगमा बर्दियामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
बर्दिया बाँसगढी नगरपालिका–८, ककौरा झनैया टोलका २२ वर्षीय विक्रम भण्डारीलाई किशोरी बलात्कार अभियोगमा पक्राउ गरेको हो ।
१८ वर्षीया किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) दिउँसो उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी गराएको छ ।
गत असोज २७ गते भण्डारीले बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । पक्राउ परेका भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएकोछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ