नेपालगन्ज ८ कार्तिक : राप्ती नदीमा नुहाउन गएका १२ वर्षका तीन बालिकाको डुबेर मृत्यु भएकोछ । दाङ स्थित राप्ती नदीमा नुहाउने क्रममा डुबेर ती तीन बालिकाको मृत्यु भएको हो ।
लमही नगरपालिका वडा नम्बर–२ रनियाँपुरका तीन जना बालिकाको राप्ती नदीमा डुबेर मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
लमही नगरपालिका–२ रनियाँपुर निवासी वर्ष १२ की झरना चौधरी, वर्ष १२ कि निशा चौधरी, गढवा गापा–४ खडकपुर हाल लमही नगरपालिका –५ लमही गल्ली बस्ने १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएकोछ ।
मृतक कृष्टी चौधरीले गोरखा मोडेल सेकेण्डरी स्कुल लमही कक्षा ८ मा, झरना चौधरीले राप्ती गाउँपालिकाको पत्थर गढवा स्थित रहेको मार्टिन एकेडेमी कक्षा ४ मा र निशा सोही विद्यालयको कक्षा ६ मा अध्ययन गर्ने विद्यार्थी हुन् ।
मृतक बालिकाहरुको शव पोष्टमार्टमका लागि लमही अस्पतालमा ल्याइएको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ