नेपालगन्ज ९ कार्तिक : बर्दिया प्रहरीले जुवातास खेलेको आरोपमा पाँचजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका–१० थारुपर्सियाबाट प्रहरीले बिहीबार पाँचजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुलरिया नगरपालिका–१० का ५० वर्षिय दुलारी यादव, ४५ वर्षिय रामलखन थारु, ३४ वर्षिय उपेन्द्र थारु, ३७ वर्षिय निसार बेहना र गुलरिया वडा नम्बर–८ का ३७ वर्षिय सुरज कुमार थारु रहेका छन् ।
पाँचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थप गराई घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
गुलरिया नगरपालिका–१० नोखे थारुको खेतमा जुवातास खेलिरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन भएका थिए । जुवाखालबाट तास र नगद फेला परेको प्रहरीले जनाएको छ भएपनि कति नगद फेला परेको भन्ने प्रहरीले खुलाएको छैन ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ