File Photo
नेपालगन्ज १० कार्तिक : दाङको तुलसीपुरमा यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ । भने ती आमा–छोरा गम्भीर घाइते भएकाछन् ।
शनिबार बिहान ४ः५० बजे सल्यानबाट दाङको तुलसीपुरतर्फ जादैँ गरेको रा १ ज ८२२ नम्बरको डबल क्याप बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका–३ साततेलमा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणी बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका– ६ का १९ वर्षीय सुरेश खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले जानकारी दिए ।
पाँच जना सवार रहेको जिप सडकबाट झण्डै तीनसय मिटर तल खसेको थियो । दुर्घटनामा तीन जना आमा–छोरा गम्भीर घाइते भएको बताइएकोछ ।
सल्यानको कपुरकोट गाउँपालिका– ६ की ३१ वर्षीया टीकादेवी ओली, उनका १३ र १० वर्षका छोराहरू महेश र जीवन गम्भीर घाइते भएका छन् । गम्भीर घाईते भएका तीनजना आमा–छोरालाई थप उपचारका लागि बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा ल्याइएकोछ ।
दुर्घटना लगतै इलाका प्रहरी कार्यालय प्रमुख ठकुरीको नेतृत्वमा १२ जनाको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । घाइतेलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि नेपागन्ज रेफर गरिएको हो ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ