नेपालगन्ज २१ कार्तिक : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष प्रशुराम कुर्मीको छोराको मृत्यु भएकोछ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बुधबार विहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ कटलिया गाउँको मोडमा भे १ त ७६२२ नम्बरको ट्रयाक्टर पल्टिएको हो ।
प्रहरीका अनुसार खेतमा धान लिन गएका बेला तीब्र गतिमा रहेको ट्रयाक्टर मोड्ने क्रममा दुर्घटनामा परेको थियो ।
उक्त ट्रयाक्टर पल्टिँदा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ का वडाअध्यक्ष प्रशुराम कुर्मीका अन्दाजी ३५ वर्षीय छोरा बाबुराम कुर्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बाबुरामले आफैंले ट्रयाक्टर चलाएका थिए ।
वडाअध्यक्ष प्रशुराम कुर्मी नेपाली काँग्रेसबाट दोस्रो कार्यकालका लागि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१९ को वडाअध्यक्षमा निर्वाचित भएका हुन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ