नेपालगन्ज २१ कार्तिक : यसपटकको दशैं र तिहारको अवधिमा बाँकेमा ६ जनाले ज्यान गुमाएका छन् भने १६ जना घाईते भएकाछन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार दशैं र तिहारको अवधिमा भएका सवारी दुर्घटनामा परि उनीहरुले ज्यान गुमाएका हुन् ।
दशैंको घटस्थापनाको दिन अर्थात् असोज १७ देखि कार्तिक १९ गतेसम्म बाँकेमा भएका सवारी दुर्घटनामा ५ पुरुष र एक महिला गरी ६ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी बाँकेका प्रमुख इन्स्पेक्टर पुष्कर पन्तले जानकारी दिए ।
ट्राफिक प्रमुख पन्तका अनुसार १० वटा दुर्घटनामा ५ पुरुष र ३ महिला गरी ८ जना गम्भीर घाइते हुँदा अन्य ८ जना सामान्य घाइते भएका छन् । जसमा तीन जना पुरुष, २ महिला, २ जना बालक र १ जना बालिका रहेका छन् ।
यस्तै उक्त अवधिमा बाँके ट्राफिकले नियम उल्लङ्घन गर्ने २७ सय ७ सवारीसाधनलाई कारबाही गर्दै २४ लाख २४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको ट्राफिक प्रमुख पन्तले बताए ।
जसअन्तर्गत ट्राफिक प्रहरीले २२४ सवारी चालकलाई मापसे कारबाही गर्दै एक लाख १२ हजार ५ सय रुपैयाँ राजश्व सङ्कलन गरेको हो । ट्राफिक प्रहरीले जिल्लाभर २२८ पटक सञ्चालन गरेको सचेतना कक्षामा १० हजार ३८० जना सहभागी भएका छन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ