नेपालगन्ज २२ कार्तिक : बाँकेको कोहलपुर स्थित सेन्चुरी एजुकेशनल एकेडेमीका सञ्चालक लोकेन्द्र चन्द पक्राउ परेका छन् ।
१४ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले चन्दलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी आयुश जोशीका अनुसार चन्दलाई बुधबार (हिजो) बेलुका कोहलपुरबाट पक्राउ परेका हुन् ।
पीडित १४ वर्षीया बालिकाले बुधबार उजुरी दिएपछि सोही दिन नै कोहलपुरबाट चन्दलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा ल्याइएको डिएसपी जोशीले जानकारी दिए ।
‘पीडित बालिका १४ वर्षीया हुन्, उनले दिएको उजुरीमा पीडक चन्दले पटक–पटक करणी गरेको उल्लेखछ ।’ डिएसपी जोशीले अगाडी भने–‘पीडकले पीडित बालिकालाई पछिल्लो पटक कार्तिक १४ गते बलात्कार गरेको उजुरीमा उल्लेखछ ।’
पक्राउ परेका एकेडेमी सञ्चालक चन्दलाई हिरासतमा राखेर घटनामाथि सुक्ष्म अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएकोछ । भने प्रहरीले पीडित १४ वर्षीया बालिकाको पहिचान गोप्य राखेकोछ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ