नेपालगन्ज २३ कार्तिक : बर्दियाको बाासगढीमा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएकाछन् । घटना बिहीबारको हो ।
बाँसगढी नगरपालिका–४ मटेरिया चोक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिहीबार दिउँसो लक्ष्मणा देखि बाँसगढी तर्फ जाँदै गरेको भे १ च ४६८ नम्बरको अटो अनियन्त्रित भई सडक देखि पाँच मिटर तल खसी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त अटो अनियन्त्रित भई दुर्घटना हुँदा बाँसगढी नगरपालिका वडा नम्बर–८ ककौराका ५९ वर्षीय दीर्घनारायण पंगेनीको बिहीबार साँझ ६ बजे मृत्यु भएको हो ।
बाँसगढी नगरपालिका–६ का ५० वर्षीय चिल्ला थारुले मादक पदार्थ सेवन गरी सो अटो चलाएको प्रहरीको भनाई छ ।
दुर्घटना हुँदा अटोमा सवार मृतक दीर्घनारायण पंगेनी र स्याङ्जाकी ७० वर्षीय यशोदा पंगेनी गम्भीर घाइते भएका थिए भने अन्य पाँच जना सामान्य घाइते भएका थिए ।
दुई गम्भीर घाइतेलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर पु¥याईएको थियो । उपचारको क्रममा बिहीबार साँझ ६ बजे दीर्घनारायण पंगेनीको मृत्यु भएको र सोही अस्पतालमा यशोदा पंगेनीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सामान्य घाइते पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । अटो चालक थारुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ