File Photo
नेपालगन्ज २३ कार्तिक : दैलेखबाट सुर्खेत जाँदै गरेको गाडी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्लामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् । दैलेखबाट सुर्खेत आउँदै गरेको ०२००ख०९९८ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो २ः२० बजे वीरेन्द्रनगर नगरपालिका–१४ रातानाङ्ला नजिकै दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दैलेखको भैरवी गाउँपालिका–५ का गाडी चालक ३८ वर्षीय सुरेश खत्री, वडा नम्बर–२ का ३६ वर्षीय कर्णबहादुर विष्ट, १६ वर्षीया दीपिका महतारा र २१ वर्षीया संगीता विष्ट रहेका छन् । उनीहरूलाई प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरुले मृत घोषणा गरेका हुन् ।
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका प्रहरी निरीक्षक वकिल सुनारका अनुसार फोर्स गाडीमा ३४ जना सवार रहेका थिए । १८ जनाको सिट क्षमता रहेको उक्त गाडीमा बालबालिकासहित ३४ जना सवार थिए । विपरीत दिशाबाट गएको स्कार्पियोले ठक्कर दिएपछि गाडी अनियन्त्रित भएर सडकबाट करीब एक सय मिटर तल भिरमा खसेको थियो ।
घाइते हुनेमा दैलेख नारायण नगरपालिका–४ का २८ वर्षीय चन्द्र मल्ल, भैरबी गाउँपालिका–३ का २८ वर्षीया जगत कुमारी बिष्ट, उनको २ वर्षीय छोरा स्माईल आचार्य, ६ वर्षीया छोरी स्मारिका आचार्य रहेका छन् ।
यस्तै १२ वर्षीय राजन थापा, २१ वर्षीय प्रकाश बिष्ट, दुल्लु नगरपालिक–१२ का २६ वर्षीया चन्द्रा रावत, उनको ७ वर्षीय छोरा सन्दिप रावत, भैरबी गाउँपालिका– १ का २२ वर्षीया सम्झना भण्डारी, उनको १८ महिनाको छोरा युनिक बिष्ट घाइते भएका छन् ।
यस्तै १० वर्षीया चन्द्रा रावत, दुल्लु नगरपालिका– १९ वर्षीया सुजता रावत, सुजताकी ९ वर्षीया बिहानी, पहिचान नखुलेका १५ महिनाको बालिका पनि घाइते भएका छन् ।
यस्तै सुर्खेत बिरेन्द्रनगर नगरपालिका– ८ का ३४ वर्षीया कृष्णा थापा, उनको ४ वर्षीय छोरा राजन थापा र ११ वर्षीया छोरी, दैलेख भैरबी गाउँपालिका–१ का १८ वर्षीया तुल्सी थापा, २३ वर्षीया लाल कुमारी बिष्ट, २२ वर्षीया पुष्पा खड्का, दैलेख नारायण नगरपालिका–४ का २५ वर्षीय बालाराम रेग्मी, महाबु गाउँपालिका–३ का २५ वर्षीया सोबण शाही, भैरबी गाउँपालिका–२ का १७ वर्षीया घनश्याम बिष्ट, महाबु गाउँपालिका–२० वर्षीय प्रकाश बुढा र भैरबी गाउँपालिका–१ का ३१ वर्षीया रमा बिष्ट रहेका छन् ।
यस्तै घाइते हुनेमा २० वर्षीया कमला बिष्ट, महाबु गाउँपालिका–३ का १६ वर्षीय हरी रावल, भैरबी गाउँपालिका– १ का २७ वर्षीया सुजता खत्री, सुर्खेतको बिरेन्द्रनगर नगरपालिका–३ का २१ वर्षीय सौगात मल्ल र दैलेख भैरबी गाउँपालिका–५ का ३० वर्षीय कमल नेपाली रहेका छन् । प्रहरीका अनुसार गाडी सडकबाट करिब १०० मिटर तल खसेको थियो ।
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?
बानेल सरकार, गगन र काँग्रेसलाई रविले दिएका सुझावहरू
गगनले देशको नेतृत्व गर्ने बेला आएको छ, रविलाई प्रचण्डको यस्तो सुझाव
‘जम्बो’ बन्नेछ काँग्रेस केन्द्रीय समिति: पदाधिकारीको संख्या थप, नयाँ कलस्टरहरूको यस्तो व्यवस्था
कोहलपुर : मेडिकल सञ्चालकले बालिकाको गोप्य अंगमा छोएको घटना के हो?