File Photo
नेपालगन्ज २६ कार्तिक : बागलुङको जैमिनी नगरपालिका–७, जैदीको व्यार्थलानजिकै आज बिहान ‘पिकअप भ्यान’ दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ।
जैमिनी नगरपालिका–८, छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको भ्यान सोमबार बिहान जैमिनी–७ जैदीको व्यार्थला नजिकै हर्देवा भन्ने स्थानमा दुर्घटना हुँदा चालकसहित पाँचजनाको मृत्यु भएको हो।
मृतकहरूको पहिचान खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले बताए ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुमन निउरेका अनुसार ६ जना सवार भ्यानमा एक जनाको गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ । उनलाई थप उपचारका लागि धौलागिरि अस्पताल, बागलुङ लगिएको छ ।
भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ । घटनाको थप विवरण आउन बाँकी रहेको थापाले बताए ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु

भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी