नेपालगन्ज २६ कार्तिक : बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहबाट तीन जना बन्दी फरार भएका छन् । बाँकेको बैजनाथ गाउँपालिका–३ स्थित नौबस्ता क्षेत्रीय कारागारमा रहेको नौबस्ता बाल सुधार गृहबाट तीन जना बाल बन्दी भागेका हुन् ।
‘सी’ ब्लकमा राखिएका २५ जनामध्ये बाँकेका सुनिल नेपाली, दाङका रेशम थापा र प्यूठानका गुमबहादुर नेपाली फरार भएका हुन् । रेशम र सुनिल कर्तव्य ज्यान र गुमबहादुर जबरजस्ती करणी मुद्दाका अभियुक्त हुन् ।
‘नौबस्ता बाल सुधार गृहमा करिब १२५ जना बाल बिज्याइँकर्ता थिए । उनीहरुलाई छुट्टाछुट्टै ब्लकमा राखिएको थियो, एउटा ब्लकमा २५ जना थिए, २५ जना बाल बिज्याइँकर्तामध्ये तीन जना भागेका छन्,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले भने, ‘हिजो बेलुका गणना गर्दा सबै बाल बिज्याइँकर्ता थिए, आज बिहान गणना गर्दा तीन जना भागेको पाइयो ।’
प्रहरी उपरीक्षक कार्कीले उनीहरु रातिको समयमा भागेको हुन सक्ने बताए । उनका अनुसार बाल सुधार गृहबाट भाग्नेमा एक जना बाँके, एक जना दाङ र एक जना प्युठानका बाल बिज्याइँकर्ता छन् ।
भागेका बाल बिज्याँकर्ताहरुको खोजीमा जिल्लास्थित नेपाल प्रहरीका सबै युनिटहरु, सशस्त्र प्रहरी लगायतका सबै सुरक्षा निकायलाई परिचालन गरिएको उनले जानकारी दिए ।
‘भागेकाहरुको खोजीमा जिल्लास्थित सबै सुरक्षा निकायलाई परिचालन गरिएको छ, सम्भावित प्रहरी युनिटहरुमा पत्राचार समेत भएको छ,’ प्रहरी उपरीक्षक कार्कीले भने, ‘के कारणले गर्दा उनीहरु भागेका हुन् भन्ने सम्बन्धमा अनुसन्धान सुरु गरेका छौँ ।’
नौ बिघा क्षेत्रफलमा रहेको नौबस्ता क्षेत्रीय कारागार तीन हजार क्षमताको छ । देशभरिकै कारागारमा कैदी बन्दीको सङ्ख्या बढी भएपछि सरकारले नौबस्तामा क्षेत्रीय कारागार बनाएको थियो । सोही क्षेत्रीय कारागारभित्र रहने गरी नौबस्ता बाल सुधार गृह सञ्चालनमा छ ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी