नेपालगन्ज २८ कार्तिक : बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक गत जेठ १० गते बिहीबार पाटे बाघको आक्रमणबाट मृत्यु भएकी मनिषा रोकायको परिवारलाई राहत प्रदान गरिएकोछ ।
यो पनि पढ्नुहोस् बर्दियाको जङ्गलमा बाघले बाँकेकी मनिसालाई खायो
बाँके बैजनाथ गाउँपालिका वडा नम्बर– ८ हसनापुरकी ३५ वर्षीया मनिषा रोकायाकी परिवारलाई बैजनाथ स्थानीय सरकारले राहत उपलब्ध गराएको हो ।
मृतक मनिषाका छोरा अवि रोकायको उच्च शिक्षा अध्ययनका लागि बैजानाथ गाउँपालिकाले उक्त राहत उपलब्ध गराएको हो । राहत स्वरुप उनलाई ३० हजार रुपैयाँ उपलब्ध गराइएको छ ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही र उपाध्यक्ष निर्मला रोकायले गाउँपालिकाको कार्यालय रामपुरमा अविलाई नगद हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष शाहीले उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उद्देश्यले उक्त राहत रकम प्रदान गरिएको बताएका छन् ।
मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी थिइन् । उनकी दिदी कैलाशपति भने सकुशल रहन सफल भएकी थिइन् ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ