नेपालगन्ज २ मंसिर : यस वर्षको मनसुनजन्य विपद्बाट झण्डै पाँच सय जनाको मृत्यु भएकोछ ।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मनसुन अवधिमा यस वर्ष ४९५ जनाको मृत्यु भएको छ । भने ६६ जना बेपत्ता हुँदा ५२२ जना घाइते भएका छन् ।
गत जेठ २८ देखि असोज २६ सम्म ४ महिनाको अवधिमा मनसुनजन्य विपद्बाट १० हजार ८२२ परिवार प्रभावित भएको प्राधिकरणको तथ्यांकमा उल्लेखछ । अघिल्लो वर्षको मनसुन अवधिको तुलनामा यस वर्ष ५०० प्रतिशत बढीले मृत्यु भएको छ ।
गत वर्ष ९२ जनाको मृत्यु, ३० जना बेपत्ता र १६८ जना घाइते भएका थिए । अघिल्लो वर्ष विपद्बाट प्रत्यक्ष प्रभावित परिवार संख्या ६ हजार १२८ रहेको थियो । यस वर्ष सरकारले विपद्पछि २० जिल्लाका ७२ वटा स्थानीय तहलाई ३ महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
नेपालमा जलमापन शुरु भएयताको ७७ वर्षको इतिहासमा एकैदिन सबैभन्दा धेरै वर्षा रेकर्ड भएको छ । प्राधिकरणका अनुसार कञ्चनपुरको दोधारा वर्षा मापन केन्द्रमा २४ घण्टामा ६२४ मिलिमिटर वर्षा यस वर्ष मापन भएको छ ।
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?
सीता एयरका जहाज: किन यसका पाङ्ग्रा खुस्किरहन्छन्?
नयाँ हजारकाे नाेटमा जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’
नेपालगन्जबाट उडेको सीता एयरको जहाज दुर्घटनाबाट जोगियो
सबैभन्दा धेरै वर्षा लुम्बिनी प्रदेशमा, कहाँ कहाँ छ जोखिम?
‘ड्रग्स’को भूमरीमा नेपालगन्ज: ठूला ‘डिलर’ भारततिरै, नेपालतिर धौ-धौ