File Photo
नेपालगन्ज २७ मंसिर : जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा सवारी दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । दुर्घटनापश्चात उद्दार गरी अस्पताल लगिएको थियो ।
अस्पताल लैजानासाथ चिकित्सकले–५ जनालाई मृत घोषणा गरेका थिए। दुर्घटनामा चालक नलगाड नगरपालिका–३ करुवाका ३१ वर्षीय इन्द्रजित थापा, ६४ वर्षीया शिला पुन, ३२ वर्षीया शारदा थापा, १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोराको मृत्यु भएको हो ।
घाइतेमध्ये एक जना जीवन विक भने सामान्य उपचारपछि घर फर्किएका छन् । अर्का घाइते जनक थापाको उपचार भइरहेको छ ।
प्रहरी उपरिक्षक डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार बलेरो पिकअप गएराति ११ बजेतिर दुर्घटनामा परेको हो । पिकअप जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ गइरहेको थियो ।
अदालत मान्छु, गगनलाई होइन- देउवा
एनआरएनए दक्षिण एसिया प्यासिफिक सम्मेलन- नेपालमा लगानी त गर्ने हाे तर कानुन झन्झटिलो छ, सुरक्षा छैन
आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल