नेपालगन्ज। नेपालमा लागु औषध भित्र्याउने एउटा मुख्य ‘ट्रान्जिट’ मानिएको नेपालगन्जमा प्रहरीले त्यसका कारोबारीविरुद्धको अपरेशन तीव्र पारेको छ। हरेक दिनजसो २ भन्दा धेरै लागु औषध कारोबारीहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ। त्यसमा कतिपय भारतीय पनि छन्। खासगरी उनिहरूले नेपालगन्जलाई ‘ट्रान्जिट’ बनाएर यहाँबाट पश्चिम महेन्द्रनगरसम्म र काठमाडौंदेखि पोखरासम्मै लागु औषध पुर्याउँछन्।
मंगलबार दिउँसो प्रहरीले नेपालगन्जकै स्थानीय छ जना युवालाई लागु औषधसहित नियन्त्रणमा लिएको थियो। उनिहरू खासै ठूलो कारोबारी नभए पनि आफै प्रयोगकर्ता र आफ्नै समूहमा लागुऔषध लेनदेनको काम गर्ने गिरोहका सदस्य हुन्। तर यही दिन प्रहरीले अर्को ठूलो सफलता हात पार्यो, तीनजना भारतीयलाई लागु औषधसहित पक्राउ परे।
भारतबाट नेपालमा ल्याएर लागुऔषधको कारोबार गर्ने यो गिरोहका बारेमा प्रहरीलाई धेरै अघि नै थाहा थियो। उनिहरूलाई समाउनका लागि प्रहरीले लगभग १ महिनादेखि तयारी थालिसकेको थियो। सूचना संकलनदेखि उनिहरूको सञ्जाल र क्रियाकलापहरूलाई नजिकबाटै नियालिरहेको प्रहरीले उपयुक्त मौका पर्खिरहेको थियो।
‘त्यो समय मंगलबार साँझ ५ बजेतिर आइपुग्यो’ नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज शाखाका प्रमुख प्रहरी सहायक निरीक्षक नवीनकुमार शाहीले भने ‘हामीले एक महिनादेखि गरिरहेको तयारी हिँज आएर सफल भयो।’
ब्यूरोले गोप्यरुपमा उनिहरूमा निगरानी गरिरहेको थियो र सूचना आदान(प्रदान भइरहेको थियो। यसबीचमा भारतबाट रुपैडिहा हुँदै नेपालगन्ज आइपुगेका उनिहरू नेपालगन्जस्थि होटल डायमण्ड प्यालेसमा बसेका थिए। जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको थप प्रहरी टोलीले होटललाई पूरै नियन्त्रणमा लिएर उनिहरूलाई लागु औषधसहित पक्राउ गरेको जनाएको छ।
तीनैजना भारतको बहराइच निवासी हुन्। यसरी पक्राउ पर्नेहरूमा २१ वर्षीय रिजवान अहमद इदरिसी, १८ वर्षीय माज अहमद र २६ वर्षीय रफत खान रहेका छन्। उनिहरूसँगै प्रहरीले ८०८ ग्राम खैरो हेरोइन, दुई थान मोबाइल र भारतीय नम्बर प्लेटको एउटा स्कुटर पनि नियन्त्रणमा लिएको छ। ब्यूरोले प्रारम्भिक सोधपुछपछि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेलाई जिम्मा लगाएको छ।
यो गिरोहले यसअघि पनि नेपालमा पटक पटक लागुऔषध ओसारपरास गर्दै आएको थियो। तर यसअघि नेपालमा भने समातिकाए थिएनन्।
‘हामीले गरेको प्रारम्भिक अनुसन्धानमा यसअघि पनि ३(४ पटक नेपाल आएर कारोबार गरिसकेको बताएका छन्’ प्रमुख शाहीले भने ‘भारततिरबाट लागु औषध ल्याएर त्यसलाई काठमाडौं, पोखरा र नेपालका अरु सहरहरूमा पनि पुर्याउने गिरोहमध्येकै हुन्। बाँकी कुरा त अनुसन्धान गरिरहेका छौं।’
पछिल्लो दुई वर्षमा नेपालगन्जमै लगभग ५५ जनाभन्दा धेरै भारतीय नागरिक लागुऔषधसँगै प्रहरीले पक्राउ गरिसकेको छ।
नेपालगन्ज खुला सिमाना भएको सहर भएका कारण दुबै देशका सिमानामा यसको कारोबार र प्रयोग बढ्दै गएको छ।
एक महिनादेखि पछ्याइरहेको थियो प्रहरीले, नेपालगन्जमा ३ जना भारतीय ‘ड्रग्स’ कारोबारी समातिए
महाकालीले छिन्यो सुदूरपश्चिमको एउटा इतिहास
नेपालगञ्जबाट ब्राउन सुगरसहित ६ जना पक्राउ
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी