बर्दिया: बर्दिया गुलरिया नगरपालिकामा निर्माणाधीन घर भत्किदाँ एक जनाको मृत्यु भएकोछ । भने २ जना गम्भीर घाईते भएकाछन् ।
नेपालगन्ज–राजापुर हुलाकी सडक खण्डको बाटो विस्तार गर्ने क्रममा सडक छेउछाउमा रहेका घर तथा संरचना भत्काउने कार्य चलिरहेका बेला निर्माणाधीन घर भत्किदाँ बर्दिया गुलरिया नगरपालिका वडा नम्बर –५, अन्दाजी ५५ वषीएय भविप्रसाद पौडेलको मृत्यु भएको हो ।
पौडेलको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकोछ । मृतक पौडेल मातङ्गगी चोक नजिकै दुर्गा गेष्ट हाउसका सञ्चालक हुन् ।
हुलाकी सडक खण्डको बाटो विस्तारका क्रममा आधा भत्किएको घरको पछाडिबाट निर्माण भइरहेको घरको दोस्रो तला भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।
प्रहरी निरीक्षक ओलीका अनुसार निर्माणाधीन घर भत्किदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
घाइते हुनेहरुमा बढैयाताल गाउँपालिका–९, शक्तिनगरका ३४ वर्षीय मनकराम थारु र सोही ठाउँका १६ वर्षीय नवराज चौधरी रहेको र उनीहरु मजदुर भएको प्रहरी निरीक्षक ओलीले जानकारी दिए ।
घटना लगत्तै घाइते दुवैजनालाई बर्दिया अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज नर्सिङ्ग होम ल्याइएकोछ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए ।