नेपालगन्ज: जिल्ला प्रहरी कार्यालय बर्दियाले बलात्कार अभियोगमा घनश्याम चौहानलाई पक्राउ गरेकोछ । बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७, बस्ने अन्दाजी २४ वर्षिय घनश्यामलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।
परिवर्तित नामथर संकेत नं.६६ (ब) ले दिएको जाहेरीअनुसार घनश्यामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले सेतोखरीलाई जानकारी दिए।
प्रहरी निरीक्षक ओलीका अनुसार पीडित र पीडक दुवैजना बर्दियाबासी हुन् । गुलरीयाका घनश्यामले १७ वर्षिय बालिकालाई गत कार्तिक १४ गते नेपालगन्ज नर्सिङहोम नजिक एक होटलमा लगि जबरजस्ती करणी गरेका थिए ।
परिवर्तित नामथर संकेत नं.६६ (ब) ले कार्तिक २६ गते जिल्ला प्रहरी कार्यालय बर्दियामा घनश्याम विरुद्ध जाहेरी दिएका थिए । जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय बर्दिका प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमाण्डमा खटिएको टोलीले पीडक घनश्यामलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी निरीक्षक ओलीका अनुसार पक्राउ परेका घनश्यामलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएकोछ । उनले सेतोखरीसंग कुरा गर्दै भने पीडित र पीडक बर्दियाबासी भएपनि घटना स्थल बाँके जिल्ला नेपालगन्ज भएकाले जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको हो ।
प्रहरी निरीक्षक आलीका अनुसार पीडित र पीडक बिस्तृत स्वास्थ्य परीक्षण समेत गरी सक्कलै मिशिल कागजात सहित पीडक धनश्याम चौहानलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको हो ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी