नेपालगन्ज: हतियारसहित पक्राउ परेका नेपाल तरुण दल नेपालगन्ज नगरसभापति संदिपजंग शाह रिहाईको माग गर्दै भएको बाँके बन्दकै बीच शाह विरुद्ध मुद्दा दर्तागरिएकोछ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरले हतियारसहित पक्राउ गरेको नगरसभापति शाहसहितलाई हात हतियार खरखजाना मुद्दामा पाँच वर्ष जेल सजाय मागसहितको मुद्दा दर्ता गरेको हो ।
बाँके बन्दका बीच प्रहरीले आज शुक्रबार जिल्ला अदालतमा पाँच वर्ष जेल सजाय मागसहितको मुद्दा दर्ता गरेको जनाएकोछ ।
जिल्ला सरकारी वकिलको कार्यालय बाँकेले उक्त मुद्दा दर्ता गरेको हो । प्रहरीले रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले उक्त रायसहितको प्रतिवेदन अध्ययन गरेर मुद्दादर्ता गरेको बुझिएकोछ ।
सोही विरोधमा तरुण दलले आज शुक्रबार बाँके जिल्ला बन्द गरेको छ । कात्तिक १४ गते पक्राउ गरिएका शाहसहित चार जनालाई मुलुकी अपराधसंहिता २०७४ को हातहतियार तथा खरखजना सम्बन्धी उक्त कसूर स्थापित हुन आएमा हातहतियार जफत गरी पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानूनी व्यवस्था छ ।
कोहलपुर ईलाका प्रहरीले पहिलोपटक सात दिन म्याद थप गरेर कार्तिक १६ गते शनिबारदेखि सभापति शाहसँग अनुसन्धान गरेकोमा दोस्रो पटक २ दिन र तेस्रो पटक पुनः ७ दिन म्याद थपेर अनुसन्धान गरेको थियो ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?