File Photo
नेपालगन्ज: दाङको तुल्सीपुरबाट नेपालगन्ज आउँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाईते भएकाछन् । दाङबाट नेपालगन्ज आउदै गरेको बस अनियन्त्रित भएर दुर्घटना हुदाँ १४ जना घाईते हुनुका साथै २ जना गम्भीर घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएकोछ ।
बस दुर्घटना भएलगत्तै कुसुमबाट गएको प्रहरी टोली र स्थानीयको सहयोगमा घाईतेको उद्दार गरिएको थियो । घाईतेहरुलाई थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा राखिएकोछ ।
ना ५ ख ६४४९ नम्बरको यात्रुबाहक बस आज बिहान पौने ८ बजे राप्तीसोनारी गाउँपालिका–१ मा पर्ने बाघखोर मोडमा दुर्घटना भएको हो । सो बस सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले बताए ।
दुर्घटनामा परि रुकुम चौरजहारी–१३, का ५३ वर्षीय दलबहादुर मल्ल र दाङ तुलसीपुरका ४० वर्षीय विरबहादुर बस्नेत गम्भीर घाईते भएको प्रहरी निरीक्षक बमले जानकारी दिए । उनीहरुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेकोछ । भने अन्य घाईतेहरु सामान्य उपचारपछि घर फर्किएकाछ् ।
दुर्घटनामा परि बस मालिक दाङ तुलसीपुर–५,का २७ वर्षीय राजेश परियार र सहचालक बाँके राप्ती सोनारी गाँउपालिका वडा नम्बर–३ का २६ वर्षीय मिनबहादुर बस्नेत समेत घाईते भएकाछन् । बसमा जम्मा १४ जना यात्रु रहेको र दुर्घटनामा सवैजना घाईते भएको ट्राफिक प्रहरी पविन्द्रले बताए ।
दुर्घटनालगत्तै बस चालक दाङ तुलसीपुर–१३ का ३१ वर्षीय विशाल नेपालीलाई कुसुम स्थित प्रहरीले आफ्नो नियन्त्रणमा लिएकोछ ।
बस दुर्घटनामा घाईतेहुनेहरु दाङ तुलसीपुर–६, की ३५ वर्षीय आशा बस्नेत, तुलसीपुर–१४ वर्ष ३५ का रामसरण चौधरी, तुलसीपुर–१४ का ४९ वर्षीय मानबहादुर चौधरी, तुलसीपुर–५ का ७० वर्षका कोमल बहादुर कार्की, तुलसीपुर–५, का ५० वर्षीय नन्दलाल गुप्ता, प्यूठान गौमुखी गाँउपालिका–६, का तुलाराम पुन, सल्यान हर्मा गाँउपालिका–२, का ४० वर्षीय बलराम आचार्य, सल्यान हर्मा गाँउपालिका–६, का ४५ वर्षीय नुमा कुमारी दमाई, ७२ वर्षीय विष्णुकुमारी नेपाली र बाँके कोहलपुर–११ का २३ वर्षीय करण बहादुर पुन घाईते भएका हुन् ।