तरुण दल बाँकेका कोषाध्यक्ष खड्का पक्राउ


तरुण दल बाँकेका कोषाध्यक्ष खड्का पक्राउ

नेपालगन्ज: तरूण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । उनलाई महानगरीय प्रहरी अपराध महाशाखाले आज काठमाण्डौंबाट पक्राउ गरेको हो ।

केही समयदेखी फरार रहेका खड्कालाई महानगरीय प्रहरी अपराध शाखाले आज काठमाण्डौंमा पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले सेतोखरीलाई जानकारी दिए ।

खड्काविरुद्ध जिल्ला अदालत बाँकेमा ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । मुद्दा दायर भएपछि उनी फरार थिए । जिल्ला अदालत बाँकेले खड्का बिरुद्ध पक्राउ पुर्जी समेत जारी गरेको थियो ।

फरार रहेका खड्कालाई प्रहरीले काठमाण्डौंबाट आज पक्राउ गरेको हो, इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी शाहीले पुष्टि गरे ।
अबैध हतियारसहित तरूण दलका नगर सभापतिसहतिका व्यक्तिहरू प्रहरी नियन्त्रणमा परेको केही दिनमै तरूण दलका कोषाध्यक्ष केशर

Kanti Aarogya Hospital Nepalgunj

खड्काले काहोलपुर डिएसपी हेमबहादुर शाहीले दशैंतिहारमा खसी मागेको भन्दै एउटा अडियो क्लिप सार्वजनिक गरेका थिए । तर, उनले यसो बताएको ४८ घण्टा नपुग्दै उक्त अडियो तत्कालिन डिएसपी सिंह र कोषाध्यक्ष खड्काबीचको वार्तालाप भएको पुष्टि भएको थियो ।

सो बेला बाँके प्रहरी प्रवक्ता समेत रहेका डिएसपी शिवबहादुर सिंहले उक्त अडियो सभापति शाह पक्राउपछि मात्र सार्वजनिक भएकोले यसको छानबीन नहुने बताएका थिए । उनकाअनुसार यो अडियो पुरानो अरू कसैसँगको वार्तालाप हो तरूण सभापति पक्राउ परेपछि प्रहरीको बदनाम गर्न काँग्रेसको आडमा केशर खड्काले नियतबश हेमबहादुर शाहीलाई आरोप लगाउँदै अडियो सार्वजनिक गरेका हुन् ।

उनले भने ‘उक्त अडियोमा सत्यता देखिदैन् ।’ गलत अडियो सार्वजनिक गरी आम नागरिकलाई भ्रममा पार्ने कोषाध्यक्ष खड्कामाथि पनि निगरानी बढाइएको बताउँदै प्रवक्ता डिएसपी सिंहले उनीमाथि पनि छानबीन हुने बताएका थिए ।

‘मकैबारी घटनाको योजनाकार समेत रहेका खड्कालाई कोहलपुर झिकाएर ज्यान मार्ने कसुरमा मुद्धा चलाउँछौं ।’ कोहोलपुरका डिएसपी शाहीले भने ‘अबैध हतियारसहित तरुणदल नगर सभापति शाहसहितका व्यक्ति पक्राउ परेपछि आफ्नो र सिगो प्रहरी संगठनको बदनाम गर्न उनीहरुले नियोजित प्रहार गरेकाहुन् ।’

जिल्ला प्रहरी कार्यालय बाँकेले उनी फरार भएपछि महानगरीय अपराध महाशाखालाई पक्राउका लागि आग्रह गरेको थियो ।