सः मिलमा छापाः अबैध सालको काठ सहित एक पक्राउ


सः मिलमा छापाः अबैध सालको काठ सहित एक पक्राउ

नेपालगन्जः बाँके बैजनाथ गाँउपालिकामा रहेको सःमिलमा छापा हान्दा लाखौं मुल्यको अबैध काठसहित एकजनालाई नियन्त्रणमा लिएकोछ ।

सव डिभिजन वन कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–६, एच गाउँमा रहेको सःमिल मा शुक्रबार दिउँसो छापा हानेको थियो ।

बैजनाथ गाँउपालिका एच गाँउमा रहेको न्यू कोहलपुर सःमिलबाट अबैध सालको काठसहित कमल बहादुर थापालाई नियन्त्रणमा लिइएको हो ।

सःमिलमा अबैध सालको काठ रहेको सुराकीको आधारमा छापा मारी अबैध काठसहित कोहलपुर नगरपालिका वडा नम्बर–३, मदनचोकका थापालाई पक्राउ गरिएको हो भने एकजना भाग्न सफल भएको सव डिभिजन वन कार्यालयका वन अधिकृत रामकुमार चौधरीले बताए ।

Kanti Aarogya Hospital Nepalgunj

समय अभावका कारण बरामद गरिएको अबैध सालको काठ (गोलिया र चिरान) भोली(शनिबार) नापिनेछ । शुक्रबार चिरान काठ मात्र नापिएको हो । सव डिभिजन वन कार्यालयका अनुसार शुक्रबार नापेको चिरान काठ ३ सय ३० थान रहेको र उक्त चिरान काठको परिमाण १९३.९८ क्यु फुट रहेको छ । सो चिरान काठको मात्रै स्थानीय बजार मुल्य झण्डै १० लाख रहेको छ ।

सःमिलबाट बरामद गरिएको उक्त अवैध काठ र पक्राउ गरिएका कमलबहादुर थापालाई डिभिजन वन कार्यालय बाँकेमा ल्याईएको छ । गोलिया काठ भने शील गरेर सोही मिलमै राखिएको छ ।

डिभिजन बन कार्यालय बाँकेका निमित्त डिभिजनल वन अधिकृत गणेश खड्काले बाँकी रहेको गोलिया काठको नापजाँच गरिसकेपछि मात्र पक्राउ परेका व्यक्ति र बरामद गरिएको काठको बारेमा थप अनुसन्धान गरि कानून अनुसार कारवाही गरिनेछ ।