मोटरसाइकल दुर्घटनामा नेकपा नेता गौतमको मृत्यु


मोटरसाइकल दुर्घटनामा नेकपा नेता गौतमको मृत्यु

नेपालगन्ज: गयराती बाँकेको चिसापानीमा भएको मोटरसाईकल दुर्घटनामा जुम्लाका मनिकेश गौतमको मृत्यु भएकोछ । बाँकेको बैजनाथ गाँउपालिका–१, चिसापनीमा करिब ८ बजेतिर मोटरसाईकल दुर्घटना भएको थियो ।

सुर्खेतबाट नेपालगन्जतर्फ आउँदै गरेको क १ प १०६ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ जुम्ला तातोपानी गाँउपालिका–४ मनिकेश गौतमको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक पविन्द्र बमले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

ट्राफिक प्रहरी निरीक्षक बमका अनुसार तिव्रगतिमा नेपालगन्ज आइरहेको उक्त मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गौतमको घटनास्थलमै मृत्यु भएको थियो । गौतम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जुम्लाका स्थानीय नेता थिए ।