कोहलपुरः बाँकेको कोहलपुर नगरपालिका–११ स्थित कृषि हाट बजार नजिकै एक जना ब्यक्तिको शव भेटिएको छ । इलाका प्रहरी कार्यालयले बुधबार मृत अवस्थामा भेटिएका व्यक्तिको शव कुले दमाई रहेको पुष्टि गरेको छ ।
अन्दाजी ५४ वर्षका दमाई स्थायी घर सुर्खेत भई पछिल्लो समय कोहलपुर बस्दै आएको बुझिएकोछ । कोहलपुर स्थित कृषि बजार नजिकै खुला चौरमा उनी लुगा सिलाउँदै आएका थिए ।
उनको मृत्युको कारण भने अझै खुल्न नसकेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाही बताँउछन् ।
चौर नजिकै रहेको सानो खाडलमा डुबेको अवस्थामा दमाईको शव भेटिएको थियो । उनको स्वभाविक मृत्यु हो वा हत्या त्यो अनुसन्धानबाट खुल्छ, आजै शवको पोष्टमार्टम गरेर आफन्तको जिम्मा लगाइने प्रहरी नायब उपरीक्षक शाहले बताए ।
मृतक दमाई कोहलपुर नगरपालिका–१० ड्राइभर टोलस्थित आफ्नो दाजुसँगै बस्दै आएका थिए ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?