बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारीलाई प्रहरीको मिलेमतोमा छोडियो

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान


बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारीलाई प्रहरीको मिलेमतोमा छोडियो

काठमाण्डौं: राझाँ स्थित आफ्नो पसल बन्द गरेर घर जानका लागि सडकमा हिडिरहेकी एक महिला माथि बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारी सहितका तीन जनालाई कानूनी कारबाही गर्नुपर्नेमा बाँके प्रहरीले मिलापत्र गरि छोडेको छ ।

सरकारी कानूनको धज्जि उडाउदै बलात्कार तथा दुव्र्यवहराको प्रयासमा लागेका ब्यक्तिहरुलाई पक्राउ गरेपनि कारबाही विनै प्रहरीले उन्मुक्ति दिएको हो ।

पीडित महिलाले उजुरी दिएपनि बाँके प्रहरी सहायक प्रवक्ता दीपक मल्ल लगायतको टोलीले बलात्कारको प्रयास गर्ने ती दीपक शाही सरकारी कर्मचारी भएकै कारण पीडित महिलालाई फकाईफुकाई गरि दोषीमाथि कानूनी कारबाही नगरि घटना गुपचुप पारेको पाइएको छ ।

प्रहरी सहायक प्रवक्ता दीपक मल्लका अुनसार दुवै पक्षलाई राखेर मिलापत्र गरियो, कुरो मिलिसक्यो । उनले भने –‘यो समाचार नलेखिदिनुस पीडित भनिएकी महिलाले बलात्कारको प्रयास गर्ने सरकारी कर्मचारी शाही लगायत लोकजंग भण्डारी र बिर्ख सुनारलाई माफि दिएकीछन् ।’
सहप्रवक्ता मल्लका अनुसार पीडित महिलाले टेलिफोनबाट उजुरी दिएपछि बुधबार पक्राउ परेका सरकारी कर्मचारी शाही र अन्य दुईलाई बुधबार साँझ नै छोडिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

उक्त घटनालाई हेर्दा दोषीमाथि कारबाही नगरि प्रहरीको मिलोमतोमा पीडित महिलालाई फकाईफुकाई गरि घटना गुपचुप पारिएको प्रहरी अधिकारीहरु नै बताउँछन् ।

उनीमाथि बलात्कारको प्रयास गर्न सडक डिभिजन कार्यालयको सरकारी मोटरसाईकल प्रयोग भएको प्रहरी सहप्रवक्ता मल्ललेनै बताए । मल्लका अनुसार भे १ ब १६१९ नम्बरको सरकारी मोटरसाईकल प्रयोग गरिएको हो ।

उनका अनुसार उक्त मोटरसाईकल सडक डिभिजनको भएको खुलेकोछ । तर, सडक डिभिजन कार्यालयका प्रमुख रामकुमार वेदसंग बुझ्न खोज्दा उनीसंग टेलिफोन सम्र्पक हुन सकेन ।

मदिरा सेवन गरेर एउटै मोटरसाईकलमा आएका तीनजना युवाले सडकमा हिडिरहेकी ती महिलामाथि बलात्कारको प्रयास गरेका हुन् ।
मोटरसाईकलमा सवार तीनजना मध्येका दिपक शाही सडक डिभिजन कार्यालयको कर्मचारी भएको बाँके प्रहरी सहप्रवक्ता दिपक मल्लले बताए ।

प्रहरीको अनुसन्धानका क्रममा सरकारी मोटरसाईकलमा आएका तीनैजन ब्यक्तिले मदिरा सेवन गरेको र मदिराकै नशाम ती महिलामाथि बलात्कार तथा दुव्र्यवहारको प्रयास गरेको खुलेकोछ ।

पीडित महिलाले दोषीहरुमाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेपछि प्रारम्भिक अनुसन्धानमा समेत मदिरा सेवन गरि बलात्कारको प्रयास गरेको भेटिसक्दा पनि सरकारी कर्मचारी भएकै नातामा बाँके प्रहरीकै मिलोमतोमा दीपक शाहीसहितकै तीनजनालाई कारबाही दिने प्रहरीले नै छोडेको बाँके स्थित महिलाअधिकारकर्मीहरु बताँउछन् ।

प्रहरीले नै बलात्कारी अपराधिक मानसिकता भएका ब्यक्तिको पक्षमा देखिएपछि बाँकेका समग्र महिलाहरु बलात्कार लगायतका आपराधिक घटनाले असुरक्षित बन्दै गएको महिला अधिकारकर्मी बताउँछन् ।

बाँकेमा पछिल्लो समय यस्ता अपराधिककार्य तथा अमानविय कार्यमा सरकारी सवारी साधन प्रयोग हुदै आएकाछन् । तर, सरकारी सवारी साधन दुरुपयोगको नियमन गर्ने निकाय बाँके प्रशासन यस विषयमा विगतदेखि उदासिन रहदै आएकोछ ।

बाँकेमा रहेका सरकारी कार्यालयका सवराी साधन शनिबार वा कार्यालय समय पछाडि सुर्खेतरोडका विभिन्न होटल अगाडी पार्किग गरिएका हुन्छन् भने विदाका दिन सरकारी कर्मचारीले आफ्ना आफन्त, परिवारलाई बोकेर सरकारी गाडीमा बाँकेको गाभर, ढकेरी हुदै कर्णाली चिसापानी सम्म मोजमस्तीमा जाने गरेका छन् ।

कतिपय सरकारी कर्मचारी विदाका दिन अथवा कार्यालयको समय पछि सरकारी मोटरसाईकल वा गाडी प्रयोग गरेर सीमावर्ती बजार रुपैडिहाबाट विभिन्न व्यवसायीक सामानहरु ढुवानी समेत गर्दै आएकाछन् । तर, बाँके प्रशासन प्रमुख (सिडियो) कुमारबहादुर खड्का यस विषयमा मौनता ब्यक्त गर्छन् । सरकारी सवारी साधनको दुरुपयोग रोकथाममा सिडियो खड्का लगायत नियमनकारी निकायको कुनै पनि भूमिका देखिदैन ।

लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेका बेला सहरमै महिलामाथि सरकारी कर्मचारी गएर बलात्कार तथा दुव्र्यवहारको प्रयास गरिनु अभियानका विरुद्धमै गिरोहो लागिपरेको हुनसक्ने नागरिक समाजका अगुवा ईन्सेक प्रदेश ५ का संयोजक भोला महत बताँउछन् ।

बेलाबखतमा महिलामाथि हुने यसखाले दुव्र्यवहार रोकथामका लागि सरकारी तथा गैरसरकारी निकायको अहम भूमिका रहनुपर्ने र यसरी महिलामाथि खुलेयाम हुने दुव्र्यवहारमा संलग्न ब्यक्तिहरुमाथि कडा कारबाहीको कानूनी ब्यवस्थालाई कार्यान्वयनमा लैजानुपर्ने बार एशोसियएसन बाँकेका अध्यक्ष विकास आचार्य बताउँछन् ।