मदिराको बहानामा बाबुद्वारा छोरी बलात्कार

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान


मदिराको बहानामा बाबुद्वारा छोरी बलात्कार

नेपालगन्ज : सुन्दा पत्याउन नसकिने तर, घटना सत्य । एक बाबुले १६ वर्षकी आफ्नै छोरीलाई करणी गरेका छन् । मदिरा सेवन गरि उनले आफ्नो छोरीलाई करणी गरेको खुलेको हो ।

बाँकेको खजुरा गाँउपालिका स्थित ईलाका प्रहरी कार्यालय धनौलीमा उजुरी परपछि ४२ वर्षका बाबुले आफ्नी छोरीलाई कुकर्म गरेको घटना बाहिर आएको छ ।

परिवारमा छोरीले विश्वास, भरोसा र सुरक्षा कोबाट पाउँछिन् ? अभिभावक, परिवार वा आफन्तीबाट । तर, बुवा नै कुकर्ममा लागेपछि कसको विश्वास गर्नु ? परिवारभित्र छोरी कति असुरक्षित छन् भन्ने यो घटना एउटा ज्वलन्त उदाहरण बन्न पुगेकोछ ।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान चलिरहदाँ बाँकेमै हाडनाता करणीको जघन्य अपराध बाहिरिएपछि बुवामाथिको विश्वास गुमेकोछ ।
घटना यहि असार ४ गतेको हो । ४२ वर्षिय श्रीमानले मदिरा सेवन गर्दै आफ्नी श्रीमती पिट्ने गर्दथे । जाँड पिउने र घरमा लडाई गर्ने श्रीमानको दैनिकी नै बनेको थियो । श्रीमानको कुटाई सहन नसकी उनकी श्रीमती सोही दिन आफ्नो ठूली आमाको घर (माइत) हिडिन् दुई छोरी घरमै छाडेर । 

Kanti Aarogya Hospital Nepalgunj

‘श्रीमती माइती गएको एक हप्तापछि अर्थात १२ गते राती करिब १२ बजेतिर ४२ वर्षिय यौनपिपासु बाबुले आफ्नी नाबलक १६ वर्षीया छोरीमाथि जाईलागे । यौनपिपासु बाबुको कुकर्म थाहापाएकी छोरी प्रतिकार गर्न खोजिन तर, उनको केही लागेन । यौनपिपासु बाबुले छोरीको मुख थुन्दै यो कुरा कसैलाई भनिस भने त र घरका सवैलाई मारिदिन्छु भन्दै धम्क्याएर बलात्कार गरे ।’ घटनाको विवरण सुनाउदै ईलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक पोषणराज थपलियाले बताए ।

प्रहरी निरीक्षक थपलियाले अगाडी भने–‘कुटिएपछि रिसाएर माइती गएकी श्रीमती एक महिनापछि घरमा आइन् । आमा घरमा आएपछि छोरीले यौनपिपासु बाबुको कुकर्मबारे बताइदिइन् । के गर्ने, कसो गर्ने भन्ने दोधारमा रहेकी १६ वर्षीया बालिकाकी आमाले आफन्तीहरुसँग सल्लाह लिए त्यसै नछाड्ने निधो गर्दैगर्दा यौन पिपासु बाबुले गत सोमबार (९ गते) फेरि श्रीमतीलाई कुटपिट गरे । तर, यसपटक ती महिलाले प्रहरीलाई खबर गरिन् । प्रहरी घरमा पुग्यो ।’

‘मदिरा सेवनसँगैको झगडा भएकाले अवस्था सामान्यजस्तो लाग्यो र भोली चौकी बोलाएर चेतावानी दिने निधो गर्दै गर्दा ती महिलाले कुरा यतिमात्रै छैन, अरु पनि गम्भीर कुरा छ भनेर घटना सुनाएपछि हामीले उसलाई लिएर आयौं ।’–प्रहरी निरीक्षक थपलियाले बताए ।

प्रहरी निरीक्षक थपलियाले घटनाविवरण सुनाउदै भने–‘घर झगडा भएको थियो । एकछिन डर देखाई परिवारमा मिलन गराएर छोडिदिनु पर्ला भन्ने सोचेका थियौं । तर, यौनपिपासु बुवाको कुकर्म बाहिर आयो ।’

हाडनाता करणीको रहस्य थाहापाएपछि प्रहरीले बुधबारनै उनीहरुको जाहेरी दर्ता गरेकोछ । लगत्तै प्रहरीले १६ वर्षीया बालिकाको मेडिकल परीक्षण समेत गराएको प्रहरी निरीक्षक थपलियाले सेतोखरीलाई जानकारी दिए । उनले भने–‘बालिकाको मेडिकल रिर्पोट आउन समय लाग्छ त्यसबाट पनि थप कुरा बाहिरिन्छ ।’

सेतोखरीसंग कुरा गर्दै प्रहरी निरीक्षक थपलियाले भने–‘हाडनाता र जबरजस्ती करणीमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेकाछौं । प्रारम्भिक अनुसन्धानमा कुकर्म गर्ने ४२ वर्षिय बुवाले घटनाबारे थाहा नभएको बताएकोछ । सो दिन पीडकले मदिरा सेवन नगरेको हो कि भन्ने प्रहरीलाई शंका लागिरहेको छ । तर, थाहा नभएको भन्दै छोरीमाथि कुकर्म गर्ने बुवालाई हामी त्यसै उन्मुक्ति दिदैनौ ।’

उनले भने–‘जाँडरक्सी खाएर अपराध गर्ने छुट कसैलाई पनि छैन । हामीले बुधबार नै अदालतबाट उनीविरुद्ध सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेकाछौं ।’

अधिकांश घटना आफन्ती, चिनेजाने, छिमेकीबाट भइरहेकाछन् । घरेलु हिंसाको कारक मदिरा हुने गरेको प्रहरी निरीक्षक थपलिया बताउँछन् ।