नेपालगन्ज : भारतीय रुपैयाँ सहित दाङमा एकजना पक्राउ परेका छन् । करिब १४ लाख भारतीय रुपैयाँसहित दाङको घोराही उपमहानगरपालिका–१२, रतनपुर टिकरीस्थित बिशाल भनिने गोकर्णबहादुर बिकलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङकाक अनुसार बिकको साथबाट ५ सय दरका १८ सय थान गरि ९ लाख, २ सय दरका १५ सय ९९ थान गरी ३ लाख १९ हजार, १ सय दरका १५ सय ९९ थान गरी एकलाख ५९ हजार ९ सय, ५० दरका २०० थान गरी १० हजार, १० का १४७ थान गरी १४ सय ७० गरी १३ लाख ९१ हजार १ सय ७० भारतीय रुपैयाँसहित बिकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बिनोदबिक्रम शाहकाअनुसार बिकको साथबाट नेपाली सटाइएका ५ सय दरका १०० थान गरी ५० हजार र एक हजार दरका २७ थान गरी ७७ हजार समेत बरामद गरिएको बताए ।
प्रहरीको प्रारम्भिक अनुसान्धानबाट बिकले भारत हरियाणा राज्यको चरसीदादरी जिल्लास्थित घरेलु कामकाज गर्न बस्ने क्रममा सोही घरबाट चोरी गरी ल्याएको प्रहरीको अनुमान छ ।
भारतीय रुपैयाँसहित पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
यसैबीच सुर्खेत प्रहरीले लागुऔषधसहित बर्दियाका दिनेश थापालाई पक्राउ गरेकोछ । लागुऔषध ब्राउनसुगर आफ्नो यौनाङ्गमा लुकाएर तस्करी गरिरहेको अवस्थामा प्रहरीले थापालाई पक्राउ गरेको हो ।
थापाले ३० ग्राम १ सय ३० मिलीग्राम ब्राउनसुगर गोजी बनाई गुप्तांगमा लुकाएर राखेका थिए । यस्तै उनका साथबाट ब्राउनसुगर विक्रि गरि ल्याएको ८४ हजार ८ सय २० रुपैयाँ समेत बरामत गरेकोछ ।
नेपालगन्जबाट भे ५ प ४७७१ नम्बरको स्कुटरमा सुर्खेत जाँदै गर्दा बर्दिया जिल्ला मधुवन नगरपालिका–५, शान्तिपुरका थापालाई आईतबार सुर्खेतको सुब्बाकुना प्रहरी चेकपोष्टले पक्राउगरेको हो ।
थापाले भित्रिवस्त्र (कट्टु) यौनाङ्गसगैं ब्राउनसुगर लुकाएर राखेको अवस्थामा प्रहरीले ब्राउससुगरसहित नियन्त्रणमा लिएको हो । उनीमाथि प्रहरीले अनुसन्धान चलाएकोछ ।