बागलुङ्ग जिप दुर्घटना अपडेटः मृत्यु र घाइते हुनेहरुको पहिचान खुल्यो (नामावलीसहित)


बागलुङ्ग जिप दुर्घटना अपडेटः मृत्यु र घाइते हुनेहरुको पहिचान खुल्यो (नामावलीसहित)

गुल्मी:गुल्मीको तम्घासबाट कुलपूजाको लागि बागलुङको देवीस्थान आउँदै गरेको जिप दुर्घटना हुँदै एकै स्थानका १४ जनाको मृत्यु भएको छ । भने दुर्घटनामा ३ जना गम्भीर घाइते भएका छन् ।

गुल्मीबाट बागलुङको देवीस्थानमा कुलपूजा गर्नका लागि हिँडेका कार्की परिवार चढेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिकाको भिमगिठे नजिकै कोप्चे भन्ने स्थानमा दुर्घटनामा परेको हो ।

जिप सडकबाट ३ सय मिटर तल खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा ९ महिला, ४ पुरुष र एक बालकको मृत्यु भएको छ ।

यसैबीच बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी मृत्यु तथा घाइते हुनेहरुको विवरण आएको छ । मंगलबार बिहान १० बजे भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरु

Kanti Aarogya Hospital Nepalgunj

अन्दाजी वर्ष २६ की सुचना कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की
अन्दाजी वर्ष ४० की बसुन्धरा कार्की
इस्मा गाउँपालिका ३ की अन्दाजी वर्ष २३ की माया थापा
नवलपरासी बर्दघाट बस्ने अन्दाजी वर्ष ६० की भुमा कार्की
बाडिगाड गाउँपालिका ५ बस्ने अन्दाजी वर्ष २५ की लक्ष्मी केसी
इस्मा गाउँपालिका ४ की अन्दाजी ४० वर्षीय सीता कार्की
इस्मा गाउँपालिका ४ की अन्दाजी १० वर्षकी अनुस्का कार्की,
इस्मा ४ वस्ने अन्दाजी ६५ वर्षका झवि कार्की
इस्मा ४ बस्ने अन्दाजी ४० वर्षका महेन्द्र कार्की
अन्दाजी वर्ष ४५ का भूमि कार्की
अन्न्दाजी वर्ष २५ की मीना बस्नेत
अन्दाजी वर्ष ३० की तुलसी कार्की
अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की

त्यसैगरी घाइते हुनेहरुमा इस्मा गाउँपालिका ५ दोबाटोका २५ वर्षीय रेशम थापा, सूचना कार्कीका ५ वर्षीय छोरा र अर्का एकजना रहेका छन् । दुर्घटनामा परेका अन्दाजी ६० वर्षका धनबहादुर कार्की भने अझै हराइरहेका छन् । दुर्घटनामा घाइते भएकाहरुलाई लिनका लागि काठमाडौंबाट अपरान्ह १ बजे नेपाली सेनाको हेलिकप्टर बुर्तिवाङका लागि उडेको छ ।
केही दिन अगाडि मात्रै अर्घाखाँचीको सन्धिखर्कमा बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो ।