मिनि ट्रकले किच्दा एकको मृत्यु, अर्का गम्भीर घाईते


मिनि ट्रकले किच्दा एकको मृत्यु, अर्का गम्भीर घाईते

नेपालगन्ज: ट्रकले किच्दा नेपालगन्जमा एक जनाको मृत्यु भएको छ भने अर्का गम्भीर घाईते भएकाछन् ।वीरेन्द्र चोक गुल्म नजिक भेरी आयल पम्पको सामुन्ने आज दिउसो ट्रकले उनीहरुलाई कुचेलेको हो ।

नेपालगन्जदेखि कोहलपुर जाँदै गरेको भे १ ख २८४७ नम्बरको ट्रकले सोही दिसामा हिडिरहेका दुईजनालाई कुचेलेको थियो । चालकको लापरबाहीका कारण भएको दुर्घटनामा एक जनाको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का गम्भीर घाईतेको उपचार भइरहेको नेपालगन्ज नगर ट्राफिक प्रहरी ईन्चार्ज ओम पौडेलले जानकारी दिए ।

मिनि ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दुवैजनालाई तत्काल नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोममा उपचारका लागि ल्याइएको थियो ।
उनका अनुसार–नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का बलबहादुर रावलको उपचारका क्रममा मृत्यु भएको छ भने अर्का नाम नखुलेका पुरुष घाईतेको उपचार चलिरहेकोछ ।’

दुर्घटना लगत्तै मिनि ट्रक भे १ ख २८४७ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको नगर ट्राफिक प्रहरी ईन्चार्ज पौडेलले जानकारी दिए ।

Kanti Aarogya Hospital Nepalgunj

तिव्र गतिमा रहेको ट्रकले ठक्कर दिदाँ घाईते र मृतक दुवैलाई घसारेर केही परसम्म लगेको थियो । मृतक रावलको टाउ फुट्नुका साथै हातखुटामा चोट लागेको छ ।