नेपालगन्ज: सडक दुर्घटनामा परि नेपालगन्ज वडा प्रहरी कार्यालयका प्रहरी कार्यालय सहयोगी बलबहादुर रावलसहित दुईजनाको ज्यान गएकोछ ।
नेपालगन्ज विरेन्द्र चोक गुल्म नजिक भेरी पेट्रोलपम्प नजिक आज दिउँसो मिनि ट्रकले उनीहरुलाई ठक्कर दिएको थियो ।
मिनि ट्रकको ठक्करबाट गम्भीर घाईते दुवैजनाको नेपालगन्ज स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगन्जदेखि कोहलपुर जाँदै गरेको भे १ ख २८४७ नम्बरको ट्रकले सोही दिसामा हिडिरहेका रावल र अर्का लाई कुचेलेको थियो । चालकको लापरबाहीका कारण भएको दुर्घटनामा उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो नेपालगन्ज नगर ट्राफिक प्रहरी ईन्चार्ज ओम पौडेलले भने–‘मिनि ट्रकको ठक्करबाट गम्भीर घाईते भएका दुवैजनालाई तत्काल नेपालगन्ज मेडिकल कलेज नर्सिङ्गहोममा उपचारका लागि ल्याइएको थियो ।’
उनका अनुसार मृत्यु हुनेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का बलबहादुर रावल वडा प्रहरी कार्यालय नेपालगन्जमा प्रहरी कार्यालय सहयोगीरुपमा कार्यरत थिए । अर्का अन्दाजी ५० वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएकोछ । उनको पहिचान खुल्न सकेकोछैन ।
नेपालगन्ज नर्सिङ्गहोममा यतिवेला मृतकको शव राखिएकोछ । प्रहरीले अर्का मृतकको पहिचान गरिरहेकोछ ।
दुर्घटना लगत्तै मिनि ट्रक भे १ ख २८४७ र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्रक र चालकलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको नगर ट्राफिक प्रहरी ईन्चार्ज पौडेलले जानकारी दिए ।
तिव्र गतिमा रहेको ट्रकले ठक्कर दिदाँ दुवैजनालाई घसारेर केही परसम्म लगेको थियो । मृतकको टाउको, छाति र हातखुट्टामा क्षति पु¥याएको थियो ।